arrow

कोरोनाबारे कांग्रेस जनसम्पर्क विभाग प्रमुख भट्टराईद्धारा ओशियानाका जनसम्पर्कलाई निर्देशन 

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
94350662_540578969980893_12.jpg

काठमाडौं । सामान्य जनजीवन यापन गर्न कठिन बनाइरहेको कोरोना भाइरसले विश्वमा मानव समुदायलाई पीडाको जीवन जिउन वाध्य बनाइरहेको छ । 

भाइरसको प्रकोप नेपालमा पनि विस्तारै बढ्दो क्रममा रहेको तथ्याङकले देखाएको छ । कोरोना भाइरसको प्रकोपबाट बच्न र मानवीय सहयोगमा जुटन नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् नेपाली जनसम्पर्क समिति केन्द्रिय विभाग प्रमुख गोबिन्द भट्टराईले ओशियाना क्षेत्रका नेपाली जनसम्पर्क समितिका सदस्यहरुलाई निर्देशन दिएका छन् । 

अष्ट्रेलिया, न्यूजिल्याण्ड नेपाली जनसम्पर्क समितिका अध्यक्षहरु तथा संगठनका प्रतिनिधिसंग अनलाईन भिडियो बैठक गर्दै भट्टराईले भाइरसबाट बच्न लकडाउन गर्नै पर्ने बाध्यात्मक परिस्थितिले थप समस्या श्रृजना हुंदा जनजीवन कष्टकर भएको र यस्तो दुःखद परिस्थितिमा संगठनका सदस्यहरु संगठित भएर राहत र सहयोगमा जुट्न निर्देशन दिएका हुन् ।  

कुराकानीकै क्रममा भट्टराईले भने, ‘संक्रमणबाट बच्न नेपाल सरकारलाई नेपाली कांग्रेसले तत्काल ५० लाखको सहयोग समेत गर्यो तर जनता माझ ती सहयोग तुरुन्त पुग्न सकेनन् । योजना बद्ध तरिकाले पूर्व सुचना नदिई नेपाल सरकारले लकडाउन गर्दा एक जिल्लाबाट अर्को जिल्ला र भारतमा काम गर्न गएका नेपालीहरु बिना काम त्यहा बस्ने स्थिति नरहे पछि घर फर्कन सकेनन जसले अहिले जनता सडकमा भोक भोकै सुत्न बाध्य भएका छन् ’

उनले सरकार सबै तमासा हेरेर बसेको उनले बताए । सरकारले गलत समयमा बिधेयक ल्याएर विवादित कार्य गर्दै जनतालाई भरोषा दिन नसकेको पुष्टि भएको उनले बताए । 

पार्टीको आन्तरीक बिषयमा कुरा गर्दै भट्टराईले ‘पार्टी जित्नेले चलाउने हो र हार्नेले सहयोग गर्नेहो । भागबण्डा गर्ने हैन भन्ने आफनो मान्यता रहेको छ, साथै सबै जनसम्पर्क समितिमा धेर थोर कमिकमजोरी र बिवादहरु छन् ती समस्याहरुको उचित हलका लागि आफूले कार्य गर्ने छु ।’ 

बिहीबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म चलेको सो अनलाईन बैठकको व्यवस्थापन एबम संयोजन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले गरेका थिए । 

बैठक केन्द्रिय बिभागको निर्देशनमा आयोजना गरिएको थियो । उक्त बैठकमा उत्साहपूर्ण उपस्थिति भएको र सबैले वर्तमान परिस्थितिमा राहत बितरण लगायत मानबिय सहयोग जुटाईदिएकोमा गिरीले सबैलाई धन्यबाद व्यक्त गरेका थिए । 

मेडिकल, पोलेसी, राहत लगायतका ५ समितिको निर्माण गरी १०० जना बिद्यार्थी एबम पिडतहरुलाई राहत बितारण गर्ने कार्यमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया एनएसडब्लु राज्य समितिले कार्य गरीरहेको जानकारी गिरीले गराएका थिए । 

बैठकमा नेपाली जनसम्पर्क समिति न्यूजिल्याण्डका अध्यक्ष बुद्धिसागर घिमिरे, नेपाली जनसम्पर्क समिति अष्ट्रेलिाका अग्रजहरु गणेश केसी, प्रेम सापकोटा, डा। कृष्ण हमाल, डा डिल्लि बन्जाडे, सुरेश गुरुङ, राजन ढुङगेल, राजिब नर्सिङ केसी, पिआर अधिकारी, डिल्लि ढकाल, बुद्धि डल्लाकोटी, गोकुल घिमिरे, रोहित खड्का, निल थपलिया, अभिमानसिंह बस्नेत, दिलिप कुमार पोखरेल, राजेश केसी, भागिरथ सापकोटा, राजु अधिकारी, सितल गिरी, सुमिति केसी, सरोज पाण्डे, न्यूजिलेण्डबाट केश गुरुङ, घनश्याम सापकोटा लगायतले उपस्थिति जनाउदै कोरोना भाईरसको बारेमा जानकारीहरु प्रस्तुत गरेका थिए ।

बैठकले एकअर्कामा सामिप्यता बढाएको प्रसंसा गर्दै आगामी दिनमा निरन्तरता दिन सहभागिहरुले सुझाब समेत दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ