arrow

सरकारले जारी गरेका विवादित अध्यादेश फिर्ताको माग गर्दै नेविसंघ सडकमा

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार

काठमाडौं । सरकारले गत सोमबार जारी गरेका दुई अध्यादेशहरु संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी तत्काल फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आन्दोलन थालेको छ । 

नेविसंघले शुक्रबार बिहान सडकमा उत्रिएर देशैभर विरोध गरेको हो । दुवै अध्यादेशहरु असंबैधानिक, अराजनीतिक, असंवेदनहील तथा सनक र सत्ता राजनीतिको अत्यन्तै घृणित खेल भएको भन्दै नेविसंघले आन्दोलन थालेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

काठमाडौंको महाराजगन्ज, नारायण गोपाल चोकमा महामन्त्री तिमल्सिनाको नेतृत्वमा पुर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेल, नेविसंघका विद्यार्थी नेताहरू रमेश बस्ताकोटी, नारायण हमाल, धर्म दिपक ओझा लगायतका नेताहरु आन्दोलनमा सहभागी भएका छन् । 

नेविसंघले काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन थालेको नेविसंघका अर्का महामन्त्री युवराज पाण्डेले बताए ।

पाण्डेले सरकारले ल्याएका विधेयकहरू तत्काल फिर्ता गर्न दवाव दिने उद्देश्यले सामाजिक दुरी कायम गरी, स्वास्थ्य सावधानी अपनाउदै, भिडभाड नगरी सांकेतिक विरोध कार्यक्रम गरेको जनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ