arrow

सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राहत दिन सरकारलाई आग्रह

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना भाइरसको संक्रमणबीच आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराउन र जागिर सुरक्षित राख्न सञ्चारमाध्यमसंग माग गरेको छ । 

केही ठूला सञ्चार प्रतिष्ठानले हालै सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने र बेलतबी बिदामा बस्न निर्देशन दिने गरेको भन्ने समाचारप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको युनियनका अध्यक्ष बद्री सिग्देलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

युनियनले नागरिकलाई हरपल सूचना सम्पेषण गर्ने सम्पूर्ण सञ्चारकर्मी र सञ्चारमाध्यमलाई यस संकटमा सहयोग गर्नका लागि तत्काल राहतको विशेष प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । 

विज्ञप्तिमा धिप्धिप् बलिरहेको दियो झै हाल सञ्चालनमा रहेका सञ्चारमाध्यमका हितमा समय मै सोच्न सरकारलाई अनुरोध समेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ