arrow

प्रम ओली लोकतन्त्रका लागि खतरा, सावधान रहन पुर्व प्रम भट्टराईको आग्रह

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
oli-baburam.jpg

काठमाडौं। सरकारले लयाएको दुई अध्यादेश फिर्ता गरेपछि पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने बनाएका छन्।

नेपाल सरकारले बैशाख ८ गतेको मन्त्रिपरिषद्ले सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको दुवै अध्यादेश ५ दिन पनि टिकाउन नसकि फिर्ता लिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दलभित्र ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई खारेज गरी ती दुईमध्य कुनै एकमा मात्र ४० पुगे हुने गरी अध्यादेश ल्याएको थियो । त्यस्तै प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर अर्को अध्यादेश ल्याइएको थियो ।

आफ्नो पार्टी समाजवादीलाई फुटाउन खोजेको आरोप लगाउँदै भट्टराईले प्रम ओलीलाई श्री ७ बन्न खोजेको आरोप लगाउँदै ट्विट गरेका छन्।

उनले ट्विटमा ‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoliले अध्यादेश फिर्ता लिएछन्। यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!’ भनेका छन्।

प्रम ओलीले सत्ताको आडमा गरेको यस्तो कार्य नलुक्ने भन्दै भट्टराईले यो प्रकरणको छानविनको माग गरेका छन्। उनले लोकतन्त्रमाथि प्रम ओली खतरा रहेको बताएका छन्।

दुवै अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका अन्य दलले कडा आलोचना सहित बिरोध गरेका थिए। सरकार दलहरु फुटाई अस्थिरता निम्त्याउन उद्यत भएको र प्रतिपक्षी विहिन पद्धतीतर्फ उन्मुख भएको भन्दै चौतर्फी विरोधपश्चात राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिन सरकार वाध्य भएको हो।

दुई तिहाई निकट सरकारको यो ठूलो स्टेप व्याक पनि हो। आफैले बडो उत्साहका साथ ल्याएको अध्यादेशहरु कार्यान्वयन गर्न समेत नसकी फिर्ता गर्नुपरेको नेपाली राजनीतिक इतिहासमा उदाहरण बनेको छ। अध्यादेशहरु मन्त्रिपरिषदमा पेश हुँदा यसले नेकपालाई वेफाइदा नहुने र यसको परिणामका लागि शुक्रवारसम्म कुर्न प्रधानमन्त्री केपी ओलीले भनेका थिए। तर त्यस बीचमा प्रधानमन्त्री र उनको टिम समाजवादी पार्टी फुटाउन सक्रिय भएपछि उनको सर्वत्र विरोध भएको थियो।

समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!

— Baburam Bhattarai (@brb1954) April 24, 2020



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ