राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
रासस,
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
1.4k
Shares
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा शुक्रबार दुई अध्यादेश खारेज गरेकी छन्। ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो ।
नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।