जनकपुरधाम । जनकपुरधामवासीलाई लकडाउनको पालना गरेकोमा जनकपुरधाम उपमहानगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ।
अगामी दिनमा पनि यसरी नै पालना गरिने आशा र विश्वासका साथ जनकपुरधाम उपमहानगरपालिकाका प्रवक्ता शिवरत्न पाण्डेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
कोरोनाको महामारीबाट उपमहानगरपालिकावासीलाई जोगिनका लागि उपमहानगरपालिकाले सम्पूर्ण क्षमता विभिन्न वडाका सार्वजनिक स्थलहरुमा दैनिक सरसफाई, सेनिटाइज गर्ने लगायतका कार्यहरु लामखुट्टे नियन्त्रण गर्न औषधी छर्किने, चौक चौकमा हैण्डवासको व्यवस्था, नगरक्षेत्र भित्रका स्वास्थ्य चौकीहरुको सक्रिय सञ्चालन, जनकपुरधाम विमान स्थलमा हेल्थ डेक्सको स्थापना, जनचेतना मूलक सामाग्री वितरण तथा म्याकिङ्ग गर्दै आईरहेको सर्वविदित रहेको विज्ञप्तिमा उल्लेख छ ।
पहिलो चरणमा यी कार्यहरु भएपनि लम्बिदै गएको लकडाउनको कारण विशेष गरी गरीब तथा विपन्न वर्गहरुमा दैनिक उपभोग्यका खाद्यान्न वितरणको तयारी भई सकेका जानकारी दिए।
विज्ञप्तिमा प्रदेश नम्बर दुई सरकारले जनकपुरधाम उपमहानगरपालिकालाई राहत वितरणका लागि दिएको बीस लाख रुपैया नगरको वडाहरुबाट संकलित राहत पाउने व्यक्तिको नामावली संख्या करीब १८ हजार संकलित भई सकेको र ती रकमबाट राहत बाड्न अपुग भएको उल्लेख छ ।
उपमहानगरपालिकाका अन्य शीर्षकबाट कानून सम्मत राहत वितरणमा लगाइएको र छिटटै १८ हजार व्यक्तिलाइ राहत वितरण गरिने उल्लेख गरिएका हुन् ।
राहत सामाग्री खरीद गरिरहेकोमा केही सञ्चारमाध्यम तथा केही व्यक्तिहरुले सामाजिक सञ्जालहरुमा सत्य यर्थात फरक व्यहोरा नबुझी वितृष्णा फैलाउने हेतु समाचारहरु तथ्यपरक नरहेको विज्ञप्तिमा जनाइएको छ ।