arrow

ऐन महरले जापानमै मार्न लगाउने धम्की दिएको भन्दै जनकराजले गरे जीवनरक्षाको अपिल

महरले भने, 'जनकराजले लगाएको आरोपले आश्चर्यमा परेको छु, मैले धम्की दिएको छैन र दिन्न पनि'

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
janakraj-mandel-ain-mahar-d.gif

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकमा आफ्ना बिरुद्ध लेखेको भन्दै अनेरास्वबियुका संयोजक ऐन महरले ज्यान मार्ने धम्की दिएको बझाङ जिल्लाको छबिस पाथीभेरा गाउँपालिकाका जनकराज मण्डेलले बताएका छन् । बैदेशिक रोजगारीका लागी हाल जापान रहेका मण्डेलले आफु र आफ्नो परिवारलाई मारिदिने भन्दै अनेरास्वबियुका संयोजक ऐन महरले धम्की दिएको फेसबुकमा लाईभ मार्फत जानकारी दिएका हुन् । उनले आफ्नो र परिवारको जीवनरक्षाको अपिल पनि गरेका छन्। 

राहत बाडेको निहुमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रण गरि गिरप्तार गरेपछि मण्डेलले आफ्नो फेसबुक पेजमा भिड गरि राहत बाड्ने अनेरास्वबियुका संयोजक ऐन महरलाई पनि कारबाही गर्नुपर्ने लेखेका थिए । उनले आफ्नो फेसबुक पेजमा लेखेका थिए, “यदी राहत बाँडेकै कारण नियन्त्रणमा लिएको हो भने ? ज्ञानेन्द्र शाहीलाई । अनेरास्वबियुका संयोजक ऐन महरलाई पनि तुरुन्त गिरप्तार गरियोस, यसरी लथालिङ्ग  गरेर आपत बिपतको बेलामा राहतको नाममा राजनिती गर्ने अराजक गतीबिधी देखाउने ठुटे भाषण दिनेहरुलाई कार्बाही गर्नुपर्छ की पर्दैन ? कानुन सबैका लागी बराबर हुनुपर्यो । प्रहरी भनेको स्वतन्त्र निकाय हो ।” लेखेका थिए । 

सोही पोष्ट किन गरेको भन्दै महरले म्यासेनजर मार्फत आफु र आफ्नो परिवारलाई मारिदिने धम्की दिएको मण्डेलले बताए । उनले भने मैले फेसबुकमा लेखेकै कारण महरले आफुलाई अपशब्द बोल्दै तलाई मैले चाह्यो भने जापानमै सिध्याउन लगाउछु, तेरो घर परिबारलाई नेपालमा सिध्याउछु भन्दै तथानाम गाली सहित धम्की दिएको बताए। अनेरास्वबियुको केन्द्रीय अध्यक्षले यसरी फेसबुक मार्फत गाली गर्दै ज्यान मार्ने धम्की दिएर शक्तिको आडमा गुण्डागर्दीलाई प्रोत्साहन गरेको उनले बताए। जापानबाट बचेर आए नेपालमै भएपनि सिध्याउने धम्की दिएको मण्डेलले बताए।

नेकपाकै कार्यकर्ता रहेका मण्डेलले आफू र आफ्नो परिवारलाई पनि मार्ने धम्की दिएपछि प्रहरीलाई जापानबाटै उजुरी गरेका छन्। प्रहरीले आफूलाई नेपालमा रहेका परिवारलाई उजुरी दिन भनेको उनले हाम्राकुरालाई बताए।  

धम्कीको कुरा बाहिर आएपछि बझाङका स्थानीय राजेश रावलले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “एक जना बझाङको भाई जो एमालको खुङखार कार्यकर्ता पनि हो, उ सधै न्यायिक कुरा मात्र गर्छ बिचार आफनो ठाउँमा हुँदाहुदै गुण र दोषका आधारमा आफ्ना भनाई सामाजिक सन्जालमा प्रवाह गर्छ । त्यही सिलसिलामा ऐन महर जस्तो जिम्मेबार ब्यक्तिले उसलाई गम्भीर धम्की दिनुले राजनितीमा अहिले पनि आपराधिक मानसिकता कायम रहेकोमा दुई मत छैन्।” 

प्रधानमन्त्री केपी ओली निकट मानिने महरलाई राजनीतिसँगै शक्ति र सत्ताको दुरुपयोग गर्दै गुण्डागर्दीमा समेत रहेको रहेको आरोप लाग्दै आएको छ। त्यसो त महरलाई बझाङकै हाल अस्टेलिया बस्ने जनक सिहंले पनि गुण्डागर्दी मानसिकता भएको र राजनितीको पृष्ठभुमी पनि गुण्डागर्दीकै भएको भनि दुई पेज लामो खुल्ला पत्र लेखेपछि सामाजिक सञ्जालमा भाईरल भएको थियो । सिहंले त्रिचन्द्र क्याम्पसमा पढ्दा आफुलाई समेत ऐन महर लगायतका केही ब्यक्तिहरुले मरणासन्न हुने गरि कुटपिट गरेको समेत बताएका थिए । महर त्रिचन्द क्याम्पसमा गोली चलाएको प्रकरणमा पनि मुसिएको उनले आरोप लगाएका थिए। 

जनकराज र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएको बिषयमा महरले संक्षिप्त प्रष्टिकरण दिएका छन्।महरले बझाङको आफ्नै गाउँको भाइ भएपनि किन यस्तो गम्भिर आरोप लगाए भन्नेमा आफू पनि आश्चर्यमा परेको बताए।

महरले संगठनको संयोजकको नाताले विद्यार्थी हकहितमा लाग्नुपर्ने मानिस अहिले तर झन कोरोनाको कहरमा दुख पाएका साथीहरुको राहतमा लागिरहेको बेला यस्ता कुरामा लाग्ने फुर्सद पनि नभएको बताए।उनले आफू त्यस्तो काममा लाग्ने मानिस पनि नभएको बताए। 'पारिवारिक नाता समेत रहेको उसलाई किन ज्यान मार्ने धम्की दिनु र?' महरले भने, 'कुनै आग्रह र पूर्वाग्रह राखेर उसले त्यसो भनेको होला त्यो म बुझ्छु। मैले उसलाई ज्यान मार्ने धम्की दिनु पर्ने कारण पनि छैन र मैले त्यसो गरेको पनि छैन।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ