arrow

सांसद अपहरणमा मुछिएकालाई कारवाही नगरे आफै कारवाही गर्ने नेबिसंघ सहित ६ बिद्यार्थी संघको चेतावनी

logo
प्रकाशित २०७७ वैशाख १३ शनिबार
students-press-release.jpg

काठमाडौ । राजनैतिक दल बिभाजन गराउने उदेश्यले सांसद अपहरणको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल बिद्यार्थी संघ सहित ६ वटा बिद्यार्थी संघहरुले सरकारसग माग गरेका छन् ।

नेपाल बिद्यार्थी संघ, समाजवादी बिद्यार्थी युनियन, राष्ट्रिय बिद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रबिसंघ (संयुक्त), अखिल क्रान्तिकारी लगायतका अध्यक्षहरुले संयुक्त बिज्ञप्ति निकालेर लोकतन्त्रलाई कमजोर पार्ने तथा अपराधिक र लजास्पद कार्यले बिश्वसामु नेपालीको शिर निहुरिएको जनाएका छन् ।

नेबिसंघका अध्यक्ष राजीव ढुंगाना, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय बिद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल, राप्रबिसंघ (संयुक्त) का अध्यक्ष धनसु शाही र अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले हस्ताक्षर गरेको बिज्ञप्तिमा नेपाली जनतालाई राजनैतिक क्षेत्रप्रति बितृष्णा गराउने गरी घटाइएको अपहरण काण्डमा संलग्नलाई सरकारले कारवाही नगरे आफै कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

सरकारका जिम्मेवार ब्यक्ति नै सांसद अपहरण काण्डमा मुछिएकाले सरकारका बसिरहने नैतिक आधार सकिएको नेपाल बिद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले बताए । बिश्व कोभिड १९ को महामारीसग जुधिरहेको अहिलेको अवस्थामा सरकारको ध्यान अपराधिक गतिबिधिमा जानु निक्कै दुखद भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ