ओलीको दिनगन्ती शुरु, वालुवाटारमै मागे वामदेवले राजिनामा
गौतमलाई ओलीको जवाफ, 'सकेको गर्नु म राजिनामा दिन्न'
प्रकाशित २०७७ वैशाख १३ शनिबार
597
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती शुरु भएको जस्तो देखिएको छ। वेमौसममा ल्याएको दुई अध्यादेश पछि पेचिलो बन्दै गएको नेकपाको आन्तरिक राजनीतिले केपीलाई सत्ता वहिर्गमनको बाटो समेत देखाउन सक्ने देखिएको छ।
पार्टीभित्र कमजोर र पार्टी बाहिर अलोकप्रिय बन्दै गएका ओलीलाई अब आफ्नै नेताहरुले वालुवाटारमै आएर राजिनामा माग्न थालेका छन्। शन हिजोसम्म उनकै आश गर्ने नेताहरु अब उनकै राजिनामा माग्न थालेका छन्। यसले पनि अधोगतीलाई दर्शाउछ।
सत्तारुढ दल नेकपाको विवाद पेचिलो बन्दै जाँदा शनिबार साझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठकको माग भइरहेपनि ओली त्यसलाई टार्ने योजनामा लागेका छन्। यहि क्रममा उनी प्रतिपक्षी दलका नेता सहित अन्य भेटघाटमा लागेका छन्।
तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका बहुसंख्यक नेताहरु बैठक बोलाएर पार्टीले भोगेको क्षतीको छिनोफानो गर्ने पक्षमा छन्। अध्यादेश फिर्ता गरेर मात्र नहुने नैतिकताको आधारमा राजिनामा दिनुपर्ने मत नेकपा भित्रै चर्को रुपमा उठ्न थालेको छ। स्थाई समिति वैठकको माग गर्नेहरुको मागलाई सुनेको नसुन्यै गरेका ओलीले शनिबार पार्टी सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै भेटेर सचिवालय बैठक तत्काल नबोलाउने बताइसकेका छन्।
ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुवाटार बोलाएर छलफल गर्दै अध्यादेश फिर्ता भएको अवस्थामा स्थायी समिति बैठक बोलाउन आवश्यक नभएको भन्दै टार्न खोजेका थिए ।
ओलीले पार्टीको औपचारिक फोरमहरु टार्ने र एकलौटी निर्णय गर्न थालेको भन्दै गौतमले आपत्ती जनाए। शनिबार साँझको भेटवार्तामा ओलीको कुरा सुनेर गौतम रन्किए। त्यसबीचमा उनीहरुबीच चर्काचकीमात्रै होइन, एकले अर्कालाई देखाइदिने सम्मको कुरा भएको नेकपा निकट स्रोतले बतायो।
शनिवार वालुवाटार आएका गौतमले प्रधानमन्त्रीको राजिनामा दिन सुझाव दिएपछि आक्राशित बनेका ओलीले यसको हिसाव किताव राम्रैसँग गर्ने जवाफ दिएर फर्काएका थिए । नेताहरुबीच विवाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिएका थिए । गौतमले सुझाव दिदै भनेका थिए, 'तपाई सत्तारुढ हुँदाको जस्तो ओज पनि छैन, पार्टी र सरकारलाई पनि हाँक्न सक्नुभएन। अब वालकोट फर्केर उपचारमा ध्यान दिनु। सत्ताको साँचो पार्टीका अर्को नेतालाई दिनु।'
अनपेक्षित रुपमा गौतमको सुझाव सुनेपछि ओली रिसले आगो भएका थिए। उनले गौतमलाई देखाइदिने धम्की नै दिए। पहिला पार्टी फुटाएर माले बनाउँदाको जस्तै हविगत हुने चेतावनी पनि ओलीले गौतमलाई दिए। पाटीभित्रैको षडयन्त्रको नेतृत्व गर्ने भन्दै ओलीले गौतमलाई हप्काएका थिए। ओलीले गौतमलाई चेतावनी दिदै भने, ' को को हो मिलेर सकेको जति षडयन्त्र गर्नु तर म राजीनामा दिन्न।'