arrow

शहिद खगेन्द्रराज दाहालका पिता डिल्लीप्रसाद दाहालको निधन

logo
प्रकाशित २०७७ वैशाख १३ शनिबार
dilli-dahal-sahid-pita.gif

काठमाडौं। ओखलढुङ्गा जिल्ला निवासी हाल कपन काठमाडौंमा बस्दै आएका नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा  तथा शहिद खगेन्द्रराज दाहालका पिता डिल्लीप्रसाद दाहालको निधन भएको छ। 

दाहालको गङगालाल अस्पताल, काठमाडौंमा उपचारको क्रममा निधन भएको हो। दाहालको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ। 

दाहालका दुई छोरा र चार छोरी छन् । फणीन्द्र दाहाल साबिक बरुनेश्वोर गाविसका पूर्व अध्यक्ष हुन् । अर्का छोरा खिला दाहाल अमेरिकामा छन् ।

पञ्चायत सरकारले व्यवस्था विरोधी आन्दोलनमा सक्रिय रहेको भन्दै सहिद खगेन्द्र, लिलानाथ दाहाल, ठगिराज दाहाल र गोकर्ण वहादुर कार्कीलाई २०३१ सालमा एकैदिन गोली हानी हत्या गरेको थियो । उनीहरूलाई सेन्ट्रल जेल र भद्रगोल जेलबाट लतीलपुरको नख्खुमा लगेर गोली हानी हत्या गरिएको थियो । चारै जना सहिद ओखलढुङ्गा एउटै गाउँ मोलुङ रामपुरका थिए ।

नेपाली कांग्रेस ओखलढुङगाका नेता बालकृष्ण दाहालले स्वर्गीय डिल्ली प्रसाद दाहालको निधनले लोकतान्त्रिक आन्दोलनका एक प्रेरणादायक व्यक्तित्व देशले गुमाएको बताए। 

कांग्रेस नेता रामहरी खतिवडाले शहिदभूमी ओखलढुङगाका शहिद पिताको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षती पुगेको  बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ