काठमाडौं। कोभिड–१९ को सङ्क्रमण थप एक जनामा देखिएको छ। विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए आज भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उनको स्वास्थ्यस्थित सामान्य रहेको उनले जानकारी दिए।
यसअघि आज नै पर्साको वीरगञ्जका दुईजना पुरुषमा सङ्क्रमण देखिएको थियो। आज देखिएका तीन जनासँगै सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ। यसैगरी पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन्।