arrow

थापा र न्यौपानेले माछापुच्छ्रे बैंकमा नायव महाप्रबन्धकको जिम्मा पाए

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार
thapa-neupane-mbl.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएका छन्। बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलिसकेका भएका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको बैंकले जनाएको छ।

बैंकिङ्ग क्षेत्रमा २० बर्षको अनुभव भएका सर्जु कुमार थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। सन् २००० बाट बैंकिङ्ग करियर सुरु गरेका थापासंग बैंक अफ काठमाण्डौँ तथा सानिमा बैंकमा काम गरेको अनुभव छ। कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा समेत उनी पोख्त बैंकरको रुपमा चिनिन्छन। विगत ६ वर्ष देखि माछापुच्छ्रे बैंकमा आवद्ध थापालाई बैंकिंग क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञको रुपमा लिइन्छ।

त्यस्तै गरी  त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गरेका विश्वम्भर न्यौपानेसंग बैंकिङ्ग क्षेत्रमा २२ बर्षको अनुभव रहेको छ। जोखिम व्यवस्थापनमा अब्बल मानिने न्यौपानेले समग्र बैंकिंग सञ्चालनमा राम्रो दख्खल राख्दछन। साथै, सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत छन्। उनीसंग एभरेष्ट बैंक तथा एनआइसी बैंकमा विभिन्न भुमिकामा कार्य गरेको अनुभव समेत रहेको बैंकले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ