arrow

आफ्ना मतदातालाई कांग्रेस सांसद डा मिनेन्द्र रिजालको सन्देश (भिडियोसहित)

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
minendra-rijal-congress1.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले आफ्ना मोरङ क्षेत्र नम्बर २ का मतदातालाई सन्देश दिएका छन्।

मुलुक लकडाउनमा रहेका बेलामा उनले फेसबुकमार्फत सोमबार बिहान ४ मिनेट ५३ सेकेन्ड लामो सन्देश दिएका हुन्। उनले सन्देशका क्रममा भनेका छन्, ‘हामीहरु सबै लकडाउनको स्थितिमा छौं। बन्दाबन्दीले जीवन कठिन भा’छ। यो कठिनाइभन्दा ठूलो जोखिमबाट मुक्त हुनका लागि हामीले यो कठिनाइ बेहोरेका हौं।’

उनले अगाडि भनेका छन्, ‘अहिलेसम्म हामी जोखिमबाट बाँचेका छौं। संक्रमण फैलिन पाएको छैन। हाम्रो क्षेत्रमा अहिलेसम्म कोही पनि यसको संक्रमणमा परेका छैनन्। यसका लागि स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधि साथीहरु, सुरक्षाकर्मीहरु, प्रशासन र टोलगाउँका नेताहरुलाई हार्दिक आभार गर्दछु।’

उनले केही चिजहरु पालना गरेको र सामाजिक दूरी कायम गरेकाले पनि सुरक्षित भएर बस्न सकेको उनले बताए। बोर्डर नजिक भए पनि त्यसको मर्यादा पालना गरेकाले कोरोनाबाट बच्न सकेको उनले बताए।

यस्तो छ उनले दिएको सन्देशको भिडियो–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ