स्वास्थ्यकर्मी संघले वीर अस्पताललाई दियो पीपीई र स्वास्थ्य सामग्री सेट
प्रकाशित २०७७ वैशाख १५ सोमबार
1.4k
Shares
काठमाडौं। नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालले वीर अस्पताललाई पीपीई सेट उपलव्ध गराएको छ।
संघले उपलव्ध गराएको पीपीई सेट नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले अस्पताल प्रसासनलाई हस्तान्तरण गरेका थिए।
स्वास्थ्यकर्मीलाई कोभिड १९ बाट हुन सक्ने जोखिम न्युनिकरण गर्न पीपीई सेट सहितका स्वास्थ्य सामाग्री न्याम्स वीर अस्पतालका उपकुलपति तथा निर्देशकलाइ हस्तान्तरण गरेको कुरा नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले जानकारी दिए।