arrow

बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा खातुनको मृत्यु

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
woman-dead-body.jpg

सर्लाही । बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । 

सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो । 

सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

 कुटपिटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ