arrow

प्रहरीको बिरुद्ध बोलेको भन्दै नेबिसंघ नेतृ रिजाललाई साईबर क्राइम मुद्धामा गिरफ्तार

प्रहरीको बलमा ओलीतन्त्र धेरै दिन टिक्दैनः ढुङगाना

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
rita-rijal.gif

बारा। नेपाल विद्यार्थी संघकी नेतृ रिता रिजाललाई प्रहरीले साईबर क्राइम मुद्धामा गिरफ्तार गरेको छ। 

रिजाललाई बाराको सिमराबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीको बिषयमा गरिएको टिप्पणीपछि उनलाई प्रहरीले नियन्त्रणङ्गा लिएको बताइएको छ। 

पूर्व आइजीपी सर्वेन्द्र खनाल त अपहरणकारी पो रहेछन भन्ने उनको फेसबुक स्टाटस पछि ग्रुप मेसेन्जरमा विभिन्न माध्यमबाट आएको प्रहरीको बारेको एक तस्विरलाई ग्रुपमा राखे वापत रिजाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

सांसद ‘अपहरण’ काण्डमा पूर्व प्रहरी प्रमुख खनाल संलग्न हुनु, उनी सहित ‘अपहरण’ मा संलग्न नेकपा नेताहरुको बिरुद्ध प्रहरीले उजुरी नलिएपछि प्रहरीको बारेमा सार्वजनिक रुपमा नकारात्मक टिप्पणी हुँदै आएक छ।  

यस क्रममा केहिले प्रहरीको मूल नारा सत्य सेवा सुरक्षणंलाई व्यंग्यात्मक शैलीमा कमरेड सेवा सुरक्षणं बनाएर सामाजिक संजालमा राखेका थिए। सोहि तस्विरमा आपत्ती जनाउँदै प्रहरीले विद्यार्थी नेतृ रिजाललाई नियन्त्रणमा लिएको हो।

प्रहरीको बलमा ओलीतन्त्र धेरै दिन टिक्दैनः ढुङगाना
नेविसंघका अध्यक्ष राजिव ढुंगानाले नेतृ रिजाललाई पक्राउ गरेको पुष्टी गर्दै नागरिकको अभिव्यक्ति शैली र अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने शैली बिरुद्धमा नेविसंघ लकडाउनलाई तोडेर सडकमा आउने वातावरण सरकारले बनाउँदै लगेको बताए। रिजाललाई तत्काल विनाशर्त रिहाई गर्न माग गर्दै ढुङगानाले अन्यथा देशभर विद्यार्थीहरु सडकमा आउने चेतावनी दिए। उनले प्रहरी बलमा  ओलीतन्त्र धेरै दिन टिक्न नसक्ने बताए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ