arrow

नेकपा सचिवालयको अर्को बैठक २० गते बस्ने

logo
रासस,
प्रकाशित २०७७ वैशाख १७ बुधबार
corona-ncp-meeting.jpg

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही वैशाख २० गते बस्ने गरी सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा आन्तरिक छलफल र सरसल्लाह जारी रहेकाले वैशाख २० गते पुनः बस्ने गरी बैठक सकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारवाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भएको र सबै सदस्यहरूले आ–आफ्ना धारणाहरू राखे। सरकारले पछिल्लो समयमा ल्याएको अध्यादेशको विवादपछि पहिलो पटक सचिवालय बैठक बसेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ