arrow

दिनभर मौसममा बदली, तीन दिन यस्तै, काठमाडौंमा चिसो ? 

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी  भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ । 

यसको असरले गर्दा हाल पूर्वी भूभागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखले जनाएको छ । 

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले काठमाडौं उपत्यकादेखि पश्चिम तथा तराईका साथै देशैभरजसो बदली रहेको छ । बर्षा पनि भइरहेको छ । 

यो क्रम अपरान्हपछि हट्न सक्ने उनले बताए । देशका केही स्थानमा मेघगर्जन, चट्याङ हावाहुरी  सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । 

यो क्रम आगामी तीन दिनसम्मै रहने पनि मौसमविद् श्रेष्ठले बताए ।

काठमाडौंको अवस्था
काठमाडौं उपत्यकामा चिसो बढेजस्तो भएको छ । मौसमविद् श्रेष्ठ भने चिसो बढेको नभइ चिसो बढेजस्तो भएको बताउँछन् । 

उनले तापक्रमका अनुसार तुलना गर्दा बुधबार न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेकामा बिहीबार १४ डिग्री रहेको बताए । 

बादल रहनु र पानी परिरहेका कारणले चिसो बढेजस्तो भए पनि खासमा चिसो नभएको उनको भनाई छ । 

उनले असारे वर्षा नभए पनि एक्टिभिटी बढेकाले त्यस्तो भएको बताए । उनका अनुसार वर्षा भने त्यति धेरै भएको छैन । 

बुधबार मात्र ३ मिलिमिटर वर्षा काठमाडौंमा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ