arrow

सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
journalist-ppe-mask.jpg

काठमाडौं। काठमाडौंमा दैनिक समाचार संकलनमा क्रियाशिल केही पत्रकारहरु तथा टेलिभिजन सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। राजधानीको धुम्बाराही स्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रममा १५ वटा टेलीभिजन र विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरुलाई पीपीइ, पन्जा, सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो।

वितरण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले कोरोना संक्रमणको बढ्दो सन्त्रासका बीच पनि उत्कृष्ट रुपमा निरन्तर जनताप्रति उत्तरदायी भइ काम गरिरहेको भन्दै सबै क्षेत्रबाट हौसला प्रदान गरिनु पर्ने बताए।

लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले यस संकटको समयमा अहोरात्र दिनरात नभनी, आफ्नो जीवनको समेत प्रबाह नगरी समाचार संकलन तथा सम्प्रेषण गरि जनतालाई सुसूचित गर्ने प्रमुख भुमिकामा रहेका राज्यको चौथो अंगका सञ्चारकर्मी तथा पत्रकारलाई सुरक्षा सामग्रीको ब्यबस्थापन सरकारले नगर्नु पर्ने बताए। उनले सरकारको ध्यान नपुगेकाले केही मात्र भएपनि मनकारी सहयोगीबाट आर्थिक संकलन गरी खरिद गरेर स्वास्थ सुरक्षा सामग्री वितरण गरिएको जानकारी दिए।

बितरण गरिएको झण्डै दुई लाख पचास हजार बराबरको सामग्रीका लागि डिएलएको तर्फबाट महासचिव दाहालले आर्थिक सहयोग र संयोजन गरेका थिए। महासचिव दाहालसँगै रामेछापको खाँडादेवी गाउँपालिका स्थायी घर भई काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायी शम्भु श्रेष्ठ, दिपक पौडेललगायतले आर्थिक सहयोग गरेका थिए। ती सामग्री वितरणमा मेघा टेलिभिजनले पनि ठूलो समन्वयकारी भुमिका खेलेको दाहालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ