arrow

सिमामा रोकिएका १ हजार २ सय ९६ नेपालीलाई नेपाल ल्याइयो (भिडियो सहित)

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
darchula-border-bridge-coro.jpg

दार्चुला। लकडाउनका कारण भारतको पिथौरागढ जिल्ला अन्तर्गत पर्ने विभिन्न सिमामा विगत एक महिनादेखि रोकिएका १ हजार २ सय ९६ जना नेपालीलाई विहीवार नेपाल ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतीय प्रशासनको समन्वयमा सिमा पुल खुलाइ उनीहरुलाई नेपाल ल्याइएको हो ।

कोरोना संक्रमण फैलिन नदिन नेपाल‐भारतले गरेको लकडाउनका कारण भारतमा मजदुरी गर्न गएका सुदुरपश्चिम प्रदेश लगायत अन्य जिल्लाका नेपाली नागरिकहरु विगत एक महिना देखी नेपालसंग सिमा जोडिएको धार्चुलाको सिमानाकामा रोकिएका थिए ।

उनीहरुलाई नेपाल ल्याई सम्बन्धित जिल्ला पठाइएको छ । सिमावर्ती क्वारेन्टाइमा विगत एक महिना देखि बसेका १ हजार २ सय ९६ जना नेपाली मध्ये खलंगाको नाकाबाट ३ सय ७६ र दत्तुको नाकाबाट ९ सय २० जनालाई नेपाल ल्याइएको हो । सिमावर्ती क्वारेन्टाइनमा बस्दा तथा लकडाउन भएपछि निकै समस्या परेको बझाङ बुङगल नगरपालिकाका जयबहादुर कठायतले गुनासो गरे ।

लकडाउनका कारण विगत एक महिनादेखि सिमावर्ती क्वारेन्टाइनमा बसेका नेपालीहरुको भारतीय स्वास्थ्यकर्मीहरुले चेकजाँच गरेको तथा कोरोनाको कुनै संक्रमण नभएको धार्चुला तहशिलका उप जिलाधिकारी अनिल कुमार शुक्लाले बताए ।

नेपाल‐भारत प्रशासन संगको समन्वयमा ३५ दिन पछि नेपाल ल्याइएका उनीहरुलाई स्वास्थ्य चेकजाँच तथा खाजा खुवाएर सम्बन्धित जिल्ला पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । पुल साढे पाचँ बजे बन्द गरिएको भएपनि केही नेपाली अझै भारतमा रहेका कारण उनीहरुका लागि पुन पुल खुलाउन पहल भइरहेको प्रजिअ पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ