श्रमिकलाई तत्कालै आवश्यक राहत सामग्री उपलव्ध गराउन डा शेखर कोइरालाको आग्रह
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
332
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले १३१औं अन्तर्राष्टिय विश्व श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमिक–मजदूरहरुलाई शुभकामना ब्यक्त गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेका छन्– ‘बि सं २००३ सालमा बिराटनगरको जुटमिलबाट शुरु भएको मजदूर आन्दोलनको नेपाली प्रजातान्त्रिक आन्दोलनमा आफ्नै महत्व र पहिचान छ। लकडाउनका कारण अहिले मजदूरहरुको चुलो बल्न छोडेको छ। तसर्थ, उनीहरुलाई तत्कालै आवस्यक राहत सामग्री उपलव्ध गराउन सरकारसँग आग्रह गर्दछु।’
उनले भनेका छन्, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनको आधार स्तम्भ ‘श्रम क्षेत्र’ लाई राज्यले यसरी निरपेक्ष राख्नु आफैमा दुःखद पक्ष हो।’