काठमाडौं। रोल्पाको त्रीवेणी गाउँपालिकामा बम बिस्फोटमा परेर ४ अबोध बालबालिकाहरु मारिएको घट्नाको गहिर अनुसन्धान गर्न नेपाली कांगरेसले सरकारसँग माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जरि गरेको विज्ञप्तिमा भनिएको छ – ‘रोल्पाको त्रीवेणी गाउँपालिकामा बम बिस्फोटमा परेर ४ अबोध बालबालिका (११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगी) को मृत्यु भएको घटनाले नेपाली कांग्रेस संगै सिंगो देश मर्माहत भएको छ ।
द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बांकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदय देखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ ।‘
एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन । त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ कांगरेसले भनेको छ।
नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँपनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ विज्ञप्तिमा भनिएको छ।
‘बिस्फोटमा जीवन गुमाउने कलिला बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो कारुणिक पिडाका घडिमा सम्बन्धित परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ।