arrow

सेफ द चिल्ड्रेनको मनपरि: खानेपानीको पाइप भन्दै वाइरिङ गर्ने पाइप वितरण

logo
श्याम प्रसाद खतिवडा,
प्रकाशित २०७२ असोज २१ बिहिबार
दोलखा। गत वैसाखमा आएको शक्तिशाली भुकम्प पछि स्थानीयको राहत तथा उद्धारको लागि भन्दै दोलखामा आएको संघसंस्थाहरु मध्ये सेभ द चिल्डे«नले खानेपानीको लागि वितरण गरेको पाईप कम गुणस्तर र तत्काल टुटफुट भएको भन्दै स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय दोलखामा उजुरी गरेका छन् ।
 
राहत र पूननिर्माणमा आएका संघसस्थाहरुले जे गरे पनि हुन्छ भन्ने हेपाहा प्रवित्ति देखाएर राहतको नाममा कमसल खालको सामग्री दिएको भन्दै विरोध भएको हो । जिल्लामा सेफ द चिल्ड्रेन र प्लान नेपाल पछिल्लो समय आलोचित हँुदै गएका छन् । राहत र पूननिर्माणको नाममा कमसल किसिमको सामग्री वितरण गरेको भन्दै सेफ द चिल्ड्रेनले वितरण गरेको खानेपानिको पाइप फिर्ता पठाइएको छ । स्थानियहरुले खानेपानिको पाइप प्रसाशनमा समेत बुझाइ कार्वाहीको लागि माग गरेका छन् ।
 
बुधवार स्थानीयहरुको एक समुहले सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेलाई पाइपको टुक्रा समेत बुझाउदै कार्वाहीको माग गरेको नाम्दु ४ का स्थानीय केदार घिमिरेले जानकारी दिए । उनले राहतको नाममा कमसल किसिमको पाइप वितरण गरी जनतालाई दुख दिएको भन्दै कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् । उनले भुकम्पको नाममा सघंसंस्थाहरुले मनपरी गरेको भन्दै सरोकार निकायको ध्यान जान जरुरी रहेको बताए ।
 
जिल्लाको चङ्खु गाविसमा पनि खानेपानिको पाइप भन्दै वाइरिङ गर्ने पाइप वितरण गरेको स्थानीय श्यामसुन्दर तामाङले जानकारी दिए । उनले गाउँका सोझा साझा जनताहरुलाई केहि थाहा नपाए जस्तो गरेर जथाभावि रुपमा सामान वितरण गरेर जनता ठगेको आरोप लगाउदै सम्वन्धीत निकायलाई कार्वाहीको लागि माग गरेका छन्।
 
सेफ द चिल्ड्रेनले चङ्खु, मार्बु, सुरी, नाम्दु लगाएतका गाविसमा खानेपानिको पाइप वितरण गरेको थियो । सोहि संस्थाले काव्रे गाविसमा वितरण गर्न भनि लगेको राहत सामाग्री केहि महिना अघि फिर्ता पठाइएको थियो । त्यहाँका राजनितिक दलहरुले निर्णय नै गरी सो सस्थाको राहत नलिने घोषणा गरेको थियो । यस्तै प्लान नेपालले लापिलाङ लगाएतका गाविसमा वितरण  गरिएको राहत फिर्ता पठाइएको थियो ।
 
यसै विच सेभ द चिल्ड्रेन दोलखाका कैलाश खड्काले कमसल खालको पाइप वितरण गरेको स्वीकार गरेका छन् । उनले स्थानीयहरुको गुनासो पछि पाइप वितरणमा रोकेको जानकारी दिए । कमसल खालको पाइप भएको गाविसमा अर्को पाइप ल्याउने तयारी भइरहेको खड्काको भनाइ रहेको छ । सेभ द चिल्ड्रेनले सो पाइप विना टेन्डर खरिद गरि वितरण गरेका थिए ।
 
स्थानीयहरुले कमसल खालको पाइप भन्दै जिल्लाको चङ्खु गाविसको गुरुम्फीमा एक ट्रक पाइप रोकेर राखेका जनाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले छानविन गरी कार्वाही प्रक्रिया अगाडी बढाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ