arrow

काँग्रेसद्वारा डिल्लीप्रसाद दाहालको निधनप्रति दुःख व्यक्त

logo
रासस,
प्रकाशित २०७७ वैशाख २० शनिबार
congress-flag.jpg

काठमाडौं। नेपाली काँग्रेसले शहीद खगेन्द्रराज दाहालका पिता एवं पार्टीका अग्रज डिल्लीप्रसाद दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ। ओखलढुङ्गा, मुलुङ गाउँपालिका–२ रामपुर निवासी डिल्लीप्रसाद दाहालको ९९ वर्षको उमेरमा यही वैशाख १३ गते काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो।

काँग्रेस सभापति शेरबहादुर देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएका सक्रिय भूमिकाको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। साथै सभापति देउवाले उनको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

खगेन्द्रराज दाहाल विसं २०३१ असोज १३ गते काठमाडौँको केन्द्रीय कारागारबाट नख्खु कारागार सार्ने बहानामा नख्खुको ओरालोमा मारिएका थिए। तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाले खगेन्द्रराज दाहालसँगै लीलानाथ दाहाल, ठगीराम दाहाल र गोकर्णबहादुर कार्कीलाई कारागार सार्ने बहानामा मारेको थियो।

सभापति देउवाले स्व डिल्लीप्रसाद दाहालको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्। स्व दाहालको श्रीमती, दुई छोरा र तीन छोरी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ