arrow

महासंघ उपत्यका समितिले दियो मिर्गौलापीडित पत्रकार पाल्पालीलाई अत्यावश्यक औषधी

logo
प्रकाशित २०७७ वैशाख २० शनिबार
kidney-victim.jpg

काठमाडौं। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्तर्गत रहेका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीका कारण नियमित औषधि सेवन गरिरहेका सञ्चारकर्मीलाई संभव भएसम्मको औषधि उनीहरुको घरैमा लगेर निःशुल्क उपलब्ध गराउदै आएको जनाएको छ।

विश्वव्यवापी कोभिड १९ संक्रमणको जोखिम फैलिन नदिन सरकारले जारी गरेको ‘लकडाउन आदेशका कारण औषधी प्राप्तिमा असहज नहोस भन्ने लक्ष्यका साथ समितिले गत बैशाख २ गते जारी सूचना अनुरुप महासचिव श्रीजन झाको संयोजकत्वमा फोकल पर्सन समितिका कोषाध्यक्ष टेनिस रोका, समिति सदस्य सागर पन्त रहने गरि सहजीकरण समिति बनाएको थियो।

सो समिति शुक्रवार महासंघ काठमाडौं शाखाका सदस्य समेत रहेका मिर्गौलापीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली)र उनका श्रीमती रेणुका भट्टराइ समेतलाइ औषधि उपलब्ध गराएको महासचिव झाले जानकारी दिए।

पत्रकार पाल्पालीका श्रीमतीका अनुसार पत्रकार पाल्पालीलाई सातामा ३ पटक डाइलोसिस गर्नुपर्ने हुन्छ। बढ्दो लकडानउनका कारण औषधि अभाव भएसंगै सहयोगका लागि उपत्यका प्रदेश समितिमा आग्रह गरे अनुरुप महासचिव झाले औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्षको सहजीकरणमा औषधि उपलव्ध गराएका हुन्। 

नेपाल औषधी थोक व्यवसायी संघ पिडानका सदस्य एव महादेव मेडिसिन सप्लार्यसका प्रबन्ध निर्देशक रवि गुप्ताको सहयोगमा मिर्गौलापीडित पत्रकार बीके पाल्पाली र उनकी श्रीमती रेणुका भट्टराइले नियमित प्रयोग गर्दै आइरहेको औषधी उपलव्ध गराएको झाले बताए। करिव दुई महिनाको लागि पुग्ने गरि औषधी उपलब्ध गराएको झाले बताए। 

यसअघि समितिले महासंघ काठमाडौं शाखाका वरिष्ठ सदस्य चक्रपाणि नेपाल, सोहि शाखाका अर्का सदस्य नेत्र बहादुर हमाल र मनोज सार्थकलाइ पनि प्राप्त जानकारी अनुरुप औषधि व्यवसायीहरुसंगको सहकार्यमा उनीहरुले प्रयोग गरिरहेको औषधि उपलब्ध गराएको थियो।

औषधी हस्तान्तरणको क्रममा फोकल पर्सन सागर पन्त, महासंघ उपत्यका प्रदेशका सदस्य रामचन्द्र प्रजापति, पत्रकार कृष्ण प्रजापति, पत्रकार महासंघका केन्द्रीय सभाषद निरज रञ्जित, पत्रकार उज्जवल खनाल, फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिती थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ