arrow

जर्मनीले २० हजार पीसीआर कीट दिदै, आरडीटी हटाई पीसीआरबाट मात्र परिक्षण गर्न सांसद दिव्यमणीको माग

logo
प्रकाशित २०७७ वैशाख २० शनिबार
dibyamani-rajbhandari.gif

काठमाडौं। पुरै युरोप कोभिड-१९ को महामारीको चपेटामा परिरहेको अवस्थामा जर्मनीले भने छोटो समयमा नै उदारणीय काम गर्दै नियन्त्रण नजिक पुगेको छ। कोरोनाको एक लाख बैसठी हजार संक्रमित मध्ये एक लाख २९ हजार भन्दा बढी सफल उपचार पछि घर फर्किएका छन् भने मृत्युदर पनि चार प्रतिशतको हाराहारीमा मात्र देखिएको छ।

कोरोना संक्रमणका कारण पनि जर्मनीको आर्थिक अवस्था अन्य राष्ट्रको तुलनामा धेरै खस्किएको छैन। जर्मनीले कसरी कोरोना संक्रमण नियन्त्रण लिदै आर्थिक अवस्था खस्किनबाट देशलाई बचाउन सक्यो भनेर बिभिन्न देशहरुमा चर्चा हुन थालेको छ। यो चर्चामा जर्मन चान्सलर एन्जिला मर्केजको उचाई अझ बढेको छ। आफ्नो देशको सफल अनुभव जर्मनी यतिखेर संसारका देशमा बाड्न अघी आएको छ। यसैबिच नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले अहिलेको महामारीको अवस्थाबाट बाहिर निस्कन गुणस्तरीय स्वास्थ्य उपकरणबाट संङ्क्रमण भए नभएको परीक्षण गर्नु अपरिहार्य भएको बताएका छन्।

जर्मन सरकारको तर्फबाट नेपाललाई बीस हजार थान पीसीआर उपलब्ध गराउने प्रतिवद्धता जनाउदै राजदुत सेफेरले सो कुरा बताएका हुन्। नेपाललाई उपलब्ध गराउने मध्ये तीन हजार थान पीसीआर नेपाल आइसकेको छ भने अन्य आउने क्रमका रहेको छ। नेपालमा भने भारत र बेलायतले गुणस्तरहिन भनेर परिक्षण गर्न रोकेको चीनबाट आयातित र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट ठूलो संख्यामा परीक्षण भैरहेको छ। आरडीटी परीक्षणको रिपोर्ट बिश्वासिलो नहुदाँ यसलाई रोकेर पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट मात्र परीक्षण हुनुपर्ने आवाज जोडदार रुपमा उठे पनि आरडीटी किटको प्रयोग न घटेको छ न त रोकिएको नै।

गत हप्ता वीरगन्जको एक अस्पतालमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटमा पोजिटिभ देखिएकी एक युवतीको निधन भयो। तर, उनको पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आयो। यसबाट पनि आरडीटी किट निक्कै नै कम बिस्वासिलो रहेको पुष्टी भएको छ। नेपालले ति आरडीटी किटहरु ल्याए पछि आफै परीक्षण गर्ने बताए पनि परीक्षण नहुदैँ बिभिन्न प्रदेशहरुमा पठाइसकेको थियो। स्वास्थ्य उपकरण खरिदको अनियमिततासँग जोडिएको यो आरडीटी कीटको विकल्प खोज्ने भन्दा पनि सरकारले यसलाई जवर्जस्ती परिक्षणमा भिडाई जनताको स्वास्थ्यसँग खेलवाड गरेको छ।

आगामी दिनमा कम बिश्वासिलो भनिएका आरडीटी किटबाट हुने परीक्षण पूर्ण रुपमा रोकेर पीसीआर बिधीबाट परिक्षण गर्नुपर्ने सांसद दिव्यमणी राजभण्डारीले बताए। पीसीआर बिधिबाट १७ ठाँउबाट मात्र परीक्षण भइरहेको उल्लेख गर्दै राजभण्डारीले अव पूर्ण रुपमा आरडीटीलाई हटाएर ७७ जिल्लामा नै पीसीआर बिधिबाट परिक्षण गर्नुपर्ने बताए।

चीनमा निर्मित वण्डफो कम्पनीको किट अन्य देशहरुले समेत कम गुणस्तरको भन्दै प्रयोग गर्न छोडिसकेका छन्। राजभण्डारीले भने, ‘अवको दिनमा बिश्व स्वास्थ्य संगठनले राखेका आवश्यक मापदण्ड पुरा गराएर नीजि अस्पताल, बिभिन्न ल्याबहरुलाई समेत पीसीआर प्रबिधिबाट परीक्षण गर्न सक्ने बनाउनु पर्छ।‘ कोरोना नफैलिन लकडाउनले सहयोग गरेको छ। नेपाली जनता यति धेरै अनुशासित भएर घर भित्रै बसे पनि लकडाउनको राम्रोसँग सदुपयोग गर्न भने सरकारले नसकेको उनले बताए।

नेपाल जर्मन चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष समेत रहेका राजभण्डारीले जर्मनले कोरोना संक्रमण नियन्त्रणको लागि गरेको प्रयासबाट नेपालले पनि धेरै सिक्न सक्ने बताए। नेपालमा तिब्र रुपमा कोरोना नफैलिनुको कारण सरकारले दावी गरे जस्तो सरकारी प्रयासको कारणबाट मात्र हो भन्ने कुरामा सहमत हुन नसकिने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ