arrow

त्रिशूलीमा पौडी खेल्ने क्रममा देउबहादुर बेपत्ता

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
trisuli.jpg.jpeg

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ चामेढुङ्गामा त्रिशूली नदीले बगाएर आइतबार एकजना बेपत्ता भएका छन् ।

 बेपत्ता हुनेमा सोही ठाउँ बस्ने ३३ वर्षीय देउबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

 बेपत्ता भएकाको प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ