arrow

नेविसंघको माग – विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा देऊ 

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
Untitled-124.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा दिन माग गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण प्रभावित विद्यार्थीलाई घरमै बसीबसी अनलाइन कक्षामार्फत शिक्षा दिने प्रयास भइरहँदा नेविसंघले निःशुल्क इन्टरनेट सेवा नपाएका खण्डमा शिक्षा लिन कठिन हुने भन्दै निःशुल्क इन्टरनेट सेवाको माग गरेको हो । 

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरुलाई अध्ययन र अध्यापनमा सहजताका निम्ति अनलाइन कक्षाको बहस चलिरहेको वर्तमान सन्दर्भमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन दवाव दिएको बताए । 

तिमल्सिना सहित नेविसंघका महामन्त्रीहरु युबराज पाण्डे, उर्मिला थपलिया, दिपक भट्टराई सहितका विद्यार्थी नेताहरुले आइतबार नेपाल टेलिकमका महाप्रबन्धक डिल्लीराम अधिकारीलाई ज्ञापन पत्रसमेत बुझाएका थिए । 

टेलिकमले आफ्नो सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको बजेट त्यसतर्फ खर्च गर्न अनुरोध गरिएको महामन्त्री पाण्डेले बताए ।

ज्ञापनपत्र बुझाउन पूर्व केन्द्रीय सदस्यहरु सुशील भट्ट, रत्नहरी ढुँगेल, नेताहरु निमा गिरी, धर्म फुलारा, दिपक ओझा लगायत पनि गएका थिए। सामाजिक दूरी कायम गरी ज्ञापन पत्र बुझाइएको तिमिल्सिनाले बताए ।

त्यस्तै आइतबारै नेबिसंघले दूरसंचार सेवा प्रदायकहरुको नियमनकारी निकाय नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई पनि इन्टरनेट सेवा निःशुल्क गर्न माँग गर्दै ज्ञापन पत्र बुझाएको महामन्त्री उर्मिला थपलियाले जानकारी दिइन । 

सो क्रममा ग्रामीण दूर संचार कोष अन्तर्गत संचित करीव ३०–४० अर्ब बजेट यस शीर्षकमा खर्चनुपर्ने नेबिसंघ महामन्त्री तिमल्सिनाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ