- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार सोमबार दिनभर नै मौसममा बदली हुनेछ ।
काठमाडौं उपत्यकाको मौसम पनि बिग्रिएको छ । तापक्रम केही घटेको छ । केही दिनदेखि अधिकतम तापक्रममा कमी आएको छ । काठमाडौं उपत्यकामा चिसो हावा आइरहेको छ ।
वर्षासमेत हुने नगरकोटीले बताइन् । आगामी बुधबारसम्मै मौसममा बदली भइरहने महाशाखाले जनाएको छ ।
देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।