arrow

बुद्ध जयन्तीमा 'ग्लोबल भर्चुअल' सत्संग हुदै

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
buddhajaan.png

काठमाडौं । शान्तिका अग्रदुत भगवान् बुद्धको जन्मजयन्तीमा ग्लोबल भर्चुअल सत्संग आयोजना  गरिने भएको छ ।  नेपाल मानव धर्म सेवा समितिले  भगवान् बुद्धको २५६४ औं जयन्तीको अवसरमा 'बुद्ध जयन्ती ग्लोबल भर्चुअल सत्संग' आयोजना गर्ने भएको हो । 

विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा पनि लकडाउन भएपछि बुद्ध जयन्तीको अवसरमा भर्चुअल कार्यक्रम गर्न लागिएको हो । यसअघि मानव धर्मले बुद्ध जयन्तीको अवसरमा आफ्नो सबै आश्रमहरुमा कार्यक्रम गर्ने गरेको थियो । 

कार्यक्रममा विश्व शान्तिको सन्देश दिइने नेपाल मानव धर्म सेवा समितिले जनाएको छ । कार्यक्रममा २५ मुलुकका वक्ताहरु सहभागी हुदैछन् । नेपाल, छिमकी राष्ट्र भारत लगायत भुटान, बंगलादेश, अमेरिका, मेक्सिको, क्यानडा, इङल्याण्ड, स्विजरल्याण्ड, नर्वे, जर्मनी, इटाली, एम्स्टर्डम, दक्षिण अफ्रिका, केन्या,  मौरिटानिया, दुबई,  इजरायल, कतार, अष्ट्रेलिया, जापान, हंकंग, अर्जेन्टिना र  पोर्चुगलका सन्त महात्माहरुको कार्यक्रममा सहभागीता रहने छ  ।  

 २५ राष्ट्रबाट सहभागि आत्मा अनुभवी सन्त महात्माहरुले प्रवचन राख्ने छन् । भक्ति संगितका कलाकारबाट सुमुधुर भजन र बालसभाका कलाकारबाट केही प्रस्तुती हुदैछ ।कार्यक्रममा 'ग्लोबल मेडिटेशन' ध्यान पनि समावेश गरिएको छ । विश्वभरबाट सहभागीहरुले कहि समय ध्यान पनि गर्नेछन् ।

कार्यक्रम बैशाख २५ गते, बिहिबार साँझ ६ बजेबाट प्रशारण हुनेछ । कार्यक्रमलाई नेपाल मानव धर्म सेवा समितिको फेसबुक पेज युट्यबु च्यानलबाट हेर्न सकिनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ