arrow

पैदलयात्री नागढुङ्गामा लुटिए

logo
सुरेश झा
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
nagdhunga.jpg

हेटौँडा। लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर  पैदल हिँडेर  घर जान  लाग्दा नागढुङ्गामा लुटिएका छन्। काठमाडौँमा घर निर्माणमा  संलग्न ४५ वर्षीय राघवेन्द्र चौधरी काठमाडौँबाट विराटनगर जाने क्रममा नागढुङ्गामा लुटिएका हुन्।

नागढुङ्गाभन्दा तल बस पाइन्छ भन्ने आश्वासन दिएर निजलाई लुटिएको थियो। भारत, मालदह घर बताउने चौधरीलाई घाँटीमा खुकुरी तेस्र्याएर निजसँग रहेको रु १५ हजार र  झोला लुटिएको बताइएको छ। ठेकेदारले घर जनालाई रु १५ हजार दिएका थिए। लुटिएपछि पैसाको अभावले पीडित चौधरी भोकै हेटौँडासम्म आइपुगेका थिए।

बुधचोकमा भेटिएका उनलाई राससले खाजा, पानी र बाटा खर्च दिँदै मकवानपुर  प्रहरीलाई जिम्मा लगाएको थियो। उनी विराटनगर जान लागेका थिए।

लकडाउन लम्बिँदै जाँदा दिनहुँ सैयौँ मजदूर हेटौँडा हुँदै आआफ्नो गन्तव्यमा जाँदै गरेको देखिन्छ। बाटामा खाजा र खाना नपाइएको कलैयाका रामपुकार ठाकुरले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ