arrow

बजेट अधिवेशन अघि सांसद र कर्मचारीको कोरोना परिक्षण गरिने

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
samsad-sachibalaya-meeting.gif

काठमाडौं। संघीय संसद सचिवालयले बजेट अधिवेशन शुरु हुनु अघी सबै सांसद र कर्मचारीहरुको ‘पि सि आर’ विधिबाट कोरोना परिक्षण गर्ने भएको छ।

मंगलवार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा मंगलवार बसेको संघीय संसद कार्यव्यबस्था परामर्श समितिको बैठकले सबै सांसद र कर्मचारीहरुको ‘पि सि आर’ विधिबाट कोरोना परिक्षण गर्ने निर्णय गरेको हो।

वैठकले संघीय संसदको सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई डिसइन्फेक्सन गर्ने निर्णय गरेको छ।

वैठकले विश्व स्वास्थ्य संगठनले तोकेका सवै मापदण्डलाई पालना गर्दै दुरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने, संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पुर्व तयारी गर्ने र संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने निर्णय पनि गरेको छ।

यसअघी संघीय संसदकै सांसद दिव्यमणी राजभण्डारीले सबै सांसद र कर्मचारीहरुको ‘पि सि आर’ विधिबाट कोरोना परिक्षण गर्न माग गरेका थिए। सामाजिक संजालमा पनि सांसदहरुको कोरोना परिक्षण हुनुपर्ने माग भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ