arrow

कोरोना संक्रमण फैलन सक्ने भन्दै संसद बैठक रोक्न माग

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
thsit-bhandari.jpg

काठमाडौं। नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेख्दै जोखिमपुर्ण तरिकाले संसदको बजेट अधिबेशन गर्नुको सट्टामा टुडिखेल वा सिहदरबारको मैदान झै खुला स्थानमा बजेट अधिबेशन गर्न अनुरोध गरेका छन् । अन्यथा अधिवेशन रोक्न उनले माग गरेका छन्।

भण्डारीले राष्ट्रपति सहित सभामुख अग्नि सापकोटा, प्रधानमन्त्री केपि शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवा लगायत प्रतिपक्षी दललाई बोधार्थ सहितको पत्र लेख्दै लकडाउन उल्लंघन र कोरोनाबारे नागरिक र सांसदहरु बिच फरकफरक मापदण्ड हो भनि प्रश्न गरेका छन्। 

उनले थर्मल गनले तापक्रम नाप्दै, साबुनपानीले हात धोएर, टेबुलमा सेनेटाईजर राखेर र माईकमा स्प्रे छर्ने जे गरेपनि सामाजिक दुरी ६ फिट कायम नगरि बैठक गरिने तयाी गरेकोमा आपत्ती जनाए। 

भण्डारीले संसद त्यसरी चल्ने हो भने सबै जोनमा होटेल, रेष्टुरेन्ट, शिक्षण संस्था, बैक, बजार र गाडीहरू पनि सोहि अनुसार चलाउन माग गरे। उनले बजेट अधिबेशनमा सांसद, कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरेर हजार जनाको भिडभाडले कोरोना जोखिम निम्तिन सक्ने आशंका व्यक्त गरेका छन् ।

युवानेता भण्डारीले गरिबहरु सिमानामै महिनौं दिन रोकिने, हप्तौं राजमार्गमा हिडेर घर फर्कन नपाउने, अस्पतालमा इमर्जेन्सी बाहेक अरु सेवा नपाउने तर हुनेखाने फुत्त फुत्त गाडीमा हुकिने हो भने यो ठुलालाई चैन र सानालाई ऎन हुने बताए। 

भण्डारीले नेपाली नागरिकको संविधानप्रद्धत समानता हक समेत कुण्ठित भएको दाबी गर्दै यहि शैलीमा प्रदेश, नगर र गाउँले बजेट अधिबेशन गर्न थालेमा कोरोनालाई कसले रोक्छ भनेर प्रतिप्रश्न समेत गर्दै सच्चाउन माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ