arrow

लकडाउन कम्तीमा एकसाता बढाइने, मन्त्रीपरिषद बैठक बस्दै 

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
kp-oli-serious-mood.jpg

काठमाडौं । गत चैत ११ गतेदेखि जारी लकडाउन अझै जारी रहने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । 

 प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पनि कति दिन थप्ने भन्ने विषयमा बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ । 

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने, ‘‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको सङ्क्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र सङ्क्रमणको अवस्थाका विषयमा छलफल भएको छ, लकडाउनका कारण नागरिकको जीउज्यानको सुरक्षा गरी सङ्क्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।” 

बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले सङ्क्रमण रोकथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उक्त समितिको बैठक बसेको हो । समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल हुन् । समितिले यसअघि एक हप्ता समय थप्ने निर्णय गरे पनि सरकारले १० दिन समय थप्दै आएको थियो । 

यसपटक कम्तीमा एक सातादेखि १० दिनसम्म लकडाउनको अवधि थप्न सकिने बुझ्न सकिन्छ । 

कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । अहिलेसम्म ८२ जना संक्रमित भइसकेका छन् । 

१२० जना आइसोलेसनमा बसेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ