arrow

सरकारको आशा मरेपछि लकडाउनमा झापाबाट ३४ मजदूर हिँडेर सुर्खेत जाँदै, कहिले पुग्लान् ? 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ वैशाख २४ बुधबार
corona-nepali-jhapa-surkhet.jpg

झापा । झापा जिल्लाको गौरिगंज गाउँपालिका खण्डमा बिस्तार हुँदै गरेको  हुलाकी राजमार्ग निर्माणमा कामगर्ने मजदुरहरु लकडाउनका कारण दैनिक गुजारा समस्यामा परि आफ्नो घर जान हिँड्दै सुर्खेत तर्फ लाग्दैछ्न् । 

३४ जनाको समूहमा रहेका उनीहरु आज मंगलबार दिउँसो  गौरिगन्ज गाउँपालिकाबाट पैदलै हिँडेर गौरादह नगरपालिकाको वडा न ७ ग्वाल्डुबा आइपुगेका छ्न् ।

पैदल हिँडेर गौरादह नगरपालिका वडा नम्बर ७ आइपुगेका उनीहरु सुर्खेत जिल्ला भेरी गंगा नगरपालिका वडा न ९ का स्थायी बासिन्दा भएको बताएका छन् । 

आफ्नो स्थायी घर सुर्खेत जान भनी सुर्खेत जिल्ला भेरी  गंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र जङ्ग र वडा न ९ का वडा अध्यक्ष  लक्ष्मण रानालाई टेलिफोन सम्पर्क गरि आफुहरुलाई घर फिर्ताको लागि पहल गरिदिन अनुरोध गरेको उनीहरु बताउँछ्न् । उनीहरुको अनुरोधलाई नगर प्रमुख तथा वडा अध्यक्षले खासै चासो नदिएको उनीहरुको गुनासो छ । 

‘बन्दाबन्दी छ काम गर्न पाइएको छैन पैसा नभएसी किनेर खान सक्ने अवस्था रहेन अब हिनेरै भए पनि आफ्नो घर जानू सिबाय कुनै उपाय रहेन’, उनीहरु मध्येका एक मजदुर लालवीर केसी बताउँछ्न् ।       

उनीहरू मंगलबार बिहान आफ्नो लत्ताकपडा र सरसामान लिएर पैदल घर हिँडेपछि गौरादह नगरपालिका वार्ड नं ७ ग्वाल्डुब्बाका  केही स्थानिय युवाहरूको सहयोगमा उनीहरुलाई वडा  कार्यालयमा राखिएको ग्वाल्डुब्बा युवा समाजका अध्यक्ष भोला चक्रवर्तीले बताए ।

हुलाकी सडकमा काम गर्ने मजदुर लालबीर केसी हप्तादिनदेखि कम्पनीले रासन नदिएकोले आफुहरु समस्यामा परेको बताउँछ्न्  ।      गत चैत ८ गते काम गर्न आएका उनीहरुले निर्माण कम्पनीलाई घर फर्कने कुरा गर्दा भोली भोली भन्दै टार्दै आएको र रासनपानी समेत नदिएको आरोप लगाएका छ्न् ।                 

‘अन्तिममा जेसुकै होस् भन्दै हामी पैदल हिडेका हौं’ लालवीरले भने, ‘रासन नदिएपछि भोकै बस्ने अवस्था रहेन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ