arrow

बीरगंजमा राहत बाड्न् हिडेका नेकपा कार्यकर्ताका आफन्त १७ जनामा भेटियो कोरोना

दुई महिनादेखि ६७ बर्षसम्मका व्यक्ति कोरोना पोजेटीभ

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
Birgunj-sanitisation-GPKF.jpg

पर्सा। बीरगञ्ज महानगरपालिका वडा नं ३ का १७ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकोमा १० जना पुरुष र ७ जना महिला रहेका छन्। उनीहरु सबै एकै टोलका एकै समुदायका हुन्। 

दुई महिनादेखि १४ बर्षसम्मका बालबालिका ९ जना छन्।  ८ जना वयस्क चाहि २२ देखि ६७ बर्ष उमेरका छन्। 

संक्रमितहरुमा एक जना नेकपाका वडास्तरीय नेता समेत रहेका छन्। उनी लकडाउनमा राहत वितरण गर्न गएका थिए। 

यसअघी सोहि वडाका एक कोरोना संक्रमित सफाइकर्मीको सम्पर्कमा आएका उनमा कोरोना देखिएको हो। सफाइकर्मी जमातीहरुसँग सम्पर्कमा आएका व्यक्ति थिए। सफाइ कर्मचारीसँग सम्पर्कमा आएका नेकपाका स्थानिय नेताको परिवारका ३२ जनामा गरिएको स्वाब परिक्षणमा १७मा कोरोना पोजेटीभ देखिएको हो। 

सफाइकर्मीसँगै राहत बाँडेका नेकपाका स्थानिय नेताको सम्पर्कमा आएका अन्यमा पनि करोना संक्रमण देखिएको हो। 

बीरगंजमा मंगलवारबाट पीसीआर टेस्ट शुरु भएको थियो। नारायणी अस्पतालमै शुरु भएको यो टेस्टकै क्रममा १७ जनामा संक्रमण फेला परेको स्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। 

राहत वाड्न हिडेका ब्यक्तिमा कोरोना संक्रमण भेटिएपछि सबैलाई उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्। 

खासगरि राजनीतिककर्मीहरु राहत वाड्न धेरै व्यस्त रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ