arrow

‘लोका : समस्ता : सुखिनो भवन्तु’ – डा चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले सम्पूर्ण लोकको सुखको कामना गरेका छन् । २५६४ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै डा भण्डारीले सामाजिक संजाल फेसबुकमा लेखेका छन् – ‘लोका : समस्ता : सुखिनो भवन्तु’ (सम्पूर्ण लोकहरु सुखी होउन्) । 

उनले लेखेका छन्, ‘विश्वमा मानवता र शान्तिका तारा गौतम बुद्धको  २५६४ औँ जयन्ती कोरोनाले आक्रान्त आजको विश्वका लागि शान्ति सद्भाव र सहअस्तित्वको सुन्दर बिहानी हो । विश्वकै सर्वाधिक चौथो धेरै जनसङ्ख्या (३५ करोड बढी) ले  आत्मसात गरेको बुद्धधर्म मानव जातिका लागि सदैव आकर्षक र समभावको पर्याय बनेको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यही वैशाख १७ गते बसेको नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा बुद्ध जयन्तीका अवसरमा दीप प्रज्वलित गरी ‘ विश्व बन्धुत्व र वसुधैव कुटुम्बकम्  ‘का पक्षमा उभिन मैले केन्द्रीय सभापतिसमक्ष गरेको प्रस्तावलाई सञ्चार जगत र सामाजिक सञ्जालले महत्वसाथ प्रकाशित गरेकै हुन् ।’ 

डा भण्डारीले लेखेका छन्, ‘मैले यो अभियानलाई प्रधानमन्त्रीसमक्ष पनि अनुरोध गरेँ, प्रजातन्त्रको सौन्दर्य भनेकै सर्वसाधारणले गरेका राम्रा र रचनात्मक सुझाव ग्रहण गर्नु हो । यसै कुरालाई मनन गरी सम्माननीय प्रधानमन्त्रीले मन्त्रीपरिषदबाट निर्णय गराइ आज दीपप्रज्वनको अनुरोध सम्पूर्ण नेपालीलाई गर्नु भएकामा हार्दिक आभार प्रकट गर्दछु ।’

अन्त्यमा कांग्रेस नेता भण्डारीले लेखेका छन्, अतः बुद्ध जयन्तीका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीले आआफ्नो घर आँगनमा दीपमालिका गरी मानवतालाई प्रदीप्त ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ