arrow

लकडाउन र निषेधित क्षेत्रको उलंघन गर्दै सिंहदरवार अगाडी प्रदर्शन गर्ने चिनियाँले कुटे प्रहरी

२५ जना चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
chinese-beat-nepalpolice.gif

काठमाडौं। सिंहदरवार अगाडीको निषेधित क्षेत्रमा प्रदर्शन गरेका चिनियाँहरुलाई हटाउन गएका प्रहरीलाई उनीहरुले उल्टै हातपात गरेका छन्। घर फर्कन माग गर्दै प्रदर्शन गर्न गएका उनीहरुलाई प्रहरीले सो क्षेत्र निषेधित क्षेत्र भएको जानकारी दिदै प्रदर्शन रोक्न भनेको थियो।  

प्रदर्शन गर्न करिब ३ दर्जन चिनियाँहरु गाडीमा त्यहाँ गएका थिए। उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि उनीहरु प्रहरीमाथि नै जाइलागेका थिए। त्यसक्रममा दुई पक्षबीच बीच झडप समेत भएको थियो।

एकातिर लकडाउन अर्कोतिर निषेधित क्षेत्रमा आएर प्रदर्शन गरेका उनीहरुलाई रोक्न खोज्दा उल्टै आक्रमण भएपछि रोक्ने प्रयास भएको एक प्रहरी अधिकृतले बताए। 

महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले सिंहरदरबार अगाडि जम्मा भएर प्रदर्शन गर्ने २५ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

चिनियाँ नागरिक र प्रहरीबीच भएको झडपमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ