arrow

नेपालगञ्जमा २४ कोरोना संक्रमित

logo
रासस,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौं । शुक्रबार थप एक जनामा पुनः कोभिड १९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा नेपालगञ्जका १६ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए । 

योसँगै संक्रमितको सङ्ख्या १०२ पुगेको छ । संक्रमितमध्ये ७४ पुरुष र २८ महिला रहेका छन् । नेपालगञ्जमा संक्रमितको सङ्ख्या २४ पुगेको छ । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म प्रदेश नं १ मा ३१, प्रदेश नं २ मा ३०, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा २७ र सुदूरपश्चिम प्रदेशमा पाँच संक्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमित फेला परेका छैनन् । 

यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटा अनुसार शुक्रबार कोशी अञ्चल अस्पतालमा उपचाररत आठ जना स्वस्थ्य भएर घर फर्किएका छन् । तिनीहरुमध्ये पाँच जना १७ आँै र तीन जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । अहिलेसम्म ३० जना स्वस्थ्य भएर घर फर्किसकेका छन् । 

यस्तै हालसम्म पिसिआर प्रविधिबाट १५ हजार ४९२ तथा आरडिटी प्रविधिबाट ५४ हजार ५३१ को परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८५९ वटा परीक्षण भएका छन् । प्रदेश नं १ मा छ हजार ८९९ प्रदेश नं २ मा पाँच हजार ६५६, वाग्मती प्रदेशमा नौ हजार ६०, गण्डकी प्रदेशमा छ हजार ३७७, प्रदेश नं ५ मा छ हजार ९९, कर्णाली प्रदेशमा छ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६१४ को परीक्षण गारिएको छ ।  

क्वारेन्टाइनमा १५ हजार ६२४ रहेका प्रवक्ता डा देवकोटाले जानकारी दिए । प्रदेश नं १ मा एक हजार ६४५, प्रदेश नं २ मा एक हजार २९१, वाग्मती प्रदेशमा २७२, गण्डकी प्रदेशमा ५११, प्रदेश नं ५ मा पाँच हजार ८०७ कर्णाली प्रदेशमा दुई हजार ७०५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३९३ जना रहेका छन् । 

हालसम्म आइसोलेसनमा देशभरी १३५ जना रहेका छन् । काठमाडौँमा तीन जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १३२ जना रहेका छन् । यसैगरी शुक्रबार एक जना रेडजोनमा सहित अहिलेसम्म ३३६ जना रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ