arrow

हात्तीसुँढवासीलाई कोरोनाभन्दा अव्यवस्थित फोहोर र दुर्गन्धतको चिन्ता

स्थानीय भन्छन् - मेथियन ग्याँस उत्सर्जनले आगलागीको खतरा वढ्यो

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
haaai.jpg

रुपन्देही। नेपालको पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको बुटवल पछिल्लो समय वढ्दो शहरीकरणसंगै औद्योगिक क्षेत्रका कारण फस्टाउँदै गएको पाईन्छ । बुटवललाई सुन्दरनगरीको उपमा दिएपनि यहाँको उत्पन्न फोहोर व्यवस्थापनको उचित व्यवस्था नहुँदा फोहोर डम्पिङ गरिदै आएको हात्तीसुँढका स्थानियवासीहरु चिन्तित देखिएका छन्। उनीहरुले महामारी रुपमा फैलिएको कोरोना भाईरस भन्दा अव्यवस्थित फोहोरको दुर्गन्धले चिन्तित वनाएको वताएका छन् ।

बुटवल उप–महानगरपालिका वडा नं. ११ हात्तीसुँढमा अव्यवस्थित ढंगले खुल्ला रुपमा विसर्जन गरिदै आएको नगरभरीको फोहोरले हात्तीसुँढवासीहरुमा रुघाखोकी, ज्वरो, औंलो, छाला सम्वन्धि चिलाउने र घाउ खटिरा जस्ता समस्या खेप्दै आएको स्थानिय राजु रसाईलीले वताएका छन् ।

मानव वस्तीको छेवैमा अव्यवस्थित नगरभरीको फोहोरले आफुहरु दुर्गन्धको मारमा परेको वताउँदै रसाईलीले यसको व्यवस्थापनका लागि कैयौं पटक बुटवल उपमहानगरमा आफ्ना समस्याहरु राख्दा समेत सुनुवाई नभएको बताए। नगरपालिकाबाट छिट्टै समाधान गरिने आश्वासन मात्रै पाउने गरेको भएपनि अहिलेसम्म फोहोर व्यवस्थापनको लागि व्यवस्थित “ल्याण्ड फिल्ड” निर्माणमा कुनै चासोे नदेखाएको उनको गुनासो रहेको छ ।

हावा लाग्दा फोहोर उडाएर घर आँगन भरी गराउने र पानी पर्दा अझै सडेर गन्धले सहन नसक्ने अवस्था सृजना गर्दा समेत उचित व्यवस्थापन गर्नुपर्नेमा बुटवल उपमहानगरपालिकाले भौतिक संरचना वनाई दिने झुटो आश्वासन मात्रै दिएको स्थानिय वासीहरुको भनाई छ ।

त्यस्तै हात्तीसुँढ टोल विकास समितिका अध्यक्ष भिमसेन श्रेष्ठले अव्यस्थित फोहोरले टोल नै दुर्गन्धित हुनुको साथै आगलागीको पनि खतरा वढेको वताए । उनले भने यहाँ धेरै पटक आगलागी भयो, नगरपालिकाको दमकल आएरपनि आगो निभायो तर सम्वन्धित स्थानिय तहले अझैसम्म गम्भिरतापुर्वक नलिएको र व्यवस्थित ल्याण्ड फिल्डको निर्माण कार्यलाई अनुशरण गर्न नसकेकाप्रति दुख व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ