arrow

ओजस्वी सत्संगसँगै 'बुद्ध जयन्ती ग्लोबल भर्चुअल सत्संग' सम्पन्न

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
buddhajaan.png

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको “बुद्ध जयन्ती ग्लोबल भर्चुअल सत्संग” सफलापुर्वक सम्पन्न भएको छ ।  

 बिहिबार  भगवान् बुद्धको २५६४ औं जयन्तीको अवसरमा समितिले  'बुद्ध जयन्ती ग्लोबल भर्चुअल सत्संग' आयोजना गरेको थियो  ।विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा पनि लकडाउन भएपछि भर्चुअल कार्यक्रम गरिएको थियो । यसअघि मानव धर्मले बुद्ध जयन्तीको अवसरमा आफ्नो सबै आश्रमहरुमा कार्यक्रम गर्ने गरेको थियो । 

कार्यक्रममा नेपाल, छिमकी राष्ट्र भारत लगायत भुटान, बंगलादेश, अमेरिका, मेक्सिको, क्यानडा, इङल्याण्ड, स्विजरल्याण्ड, नर्वे, जर्मनी, इटाली, एम्स्टर्डम, दक्षिण अफ्रिका, केन्या,  मौरिटानिया, दुबई,  इजरायल, कतार, अष्ट्रेलिया, जापान, हंकंग, अर्जेन्टिना र  पोर्चुगल २५ मुलुकका सन्त महात्माहरुको कार्यक्रममा सहभागीता रहेको थियो  ।   

कार्यक्रममा विश्व शान्तिको सन्देश दिनुका साथै आत्मा अनुभवी सन्त महात्माहरुले प्रवचन राख्नेका थिए। भक्ति संगितका कलाकारबाट सुमुधुर भजन र बालसभाका कलाकारका केहि प्रस्तुती थिए।

कार्यक्रममा १० मिनेट 'ग्लोबल मेडिटेशन' ध्यान पनि समावेश गरिएको छ । विश्वभरका सहभागिले १० मिनेट ध्यान गरेका थिए । कार्यक्रममा श्री विभुजी महाराजजीले ओजस्वी सत्संग विचार राखेका थिए भने घर घरमा  दिप प्रज्ज्वलन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ