arrow

नेपालमा कोरोना संक्रमित १०९ पुगे

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
corona-more-7-kapilvastu.gif

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले वैशाख २७ गते विहान ८ वजे अद्यावधिक गरेको तथ्य अनुसार संक्रमितको संख्या १०९ पुगेको हो। 

मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार नयाँ पुष्टी भएका सात जना समेत गरि नेपालमा अहिलेसम्म १०९ जना संक्रमित पुगेका हुन्।  

मन्त्रालयका अनुसार ७ मध्ये ३ जना उदयपुर भुल्केका हुन भने ३ जना कपिलवस्तुका हुन्। एकजना भने पर्सा छपकैयाका ६२ बर्षिय पुरुषलाई पनि संक्रमण देखिएको छ ।  

भुल्केको मस्जिदमा आएका जमातीहरुको सम्पर्कमा आएकाहरु थप तीन जनामा संक्रमण देखिएको हो। भुल्केमा संक्रमितहरु ३ जना महिला छन। उनीहरु १८, ४५ र ६५ बर्षका छन्।

भारतबाट आएका दुई यूवाको परिवारका ३ पुरुष सदस्यलाई कपिलवस्तुमा संक्रमण देखिएको हो। उनीहरु १७, १८ र १८ बर्षका छन्। 

उनीहरुको अवस्था सामान्य रहेको डा अधिकारीले जानकारी दिए। 

देशकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको उदयपुरमा हाल सम्म १ हजार १ सय १३ जनाको पिसिआर परिक्षण गरिएको छ। हाल सम्म पिसिआर परिक्षण गरेका मध्ये ६ सय जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

कोरोना रिपोर्ट पोजेटिभ देखिएका २८ मध्ये १४ जना कोरोना अस्पताल बिराटनगरबाट निको भएर डिस्चार्ज भइसकेका छन् भने बाकी १४ जनाको अवस्था पनि सामान्य रहेको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

पिसिआर परिक्षण गरिएका मध्ये ३ सय ८५ जनाको रिपोर्ट आउन बाकी रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन प्रसाद सुबेदीले जानकारी दिए।

कोरोनाको इपिसेन्टर बनेको उदयपुरमा हाल ८ महिला सहित ६६ जना क्वारेन्टाइनमा छन् भने ४ सय ६० जना होम क्वारेन्टाइनमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ