arrow

नेपाली भूमिमा बाटो निर्माण गर्ने कार्य सरकारकै साथ र सहयोगका भएको नेबि संघको आशंका

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
NSU-press-release.jpg

काठमाडौं । चीनको मानसरोवर पुग्ने बाटो निर्माण कार्य भारत सरकारले गरेको समाचारले नेपाल बिद्यार्थी संघ स्तब्ध भएको जनाएको छ । 

केही समय अघि नेपाली भू-भाग लिपुलेक, कालापानी र लिम्पीयाधुरालाई भारतीय नक्शामा राख्नु र अहिले बाटो निर्माण कार्य गर्नु खेदजनक रहेको नेपाल बिद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

आफ्नो भूमि मिचिदाँ समेत थाहा नपाएको बहानामा बस्ने वर्तमान सरकारको कार्यले थप सशंकित बनाएको छ । कतै सरकारकै साथ र सहयोगमा त यो कार्य भइरहेको छैन् ? बिज्ञप्तीमा भनिएको छ ।

यो संकटको बेलामा समेत महासंकट बेहोर्नु परेको छ । आफ्नो भूमिको सुरक्षार्थ यो सरकार नलागी बिस्तारवादीहरुलाई समर्थन गर्ने हो भने संकटको बेलामा समेत सर्घषमा उत्रन बाध्य हुने महामन्त्री दिपक भट्टराईले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ