arrow

भारतको नगरपालिकाले प्रयोग गर्‍यो ललितपुर उपमहानगरको लोगो

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
lalitpur-sub-metro-logo.jpg

काठमाडौं। भारतको उत्तर प्रदेशमा रहेको ललितपुर नगरपालिका परिषदले ललितपुर उप-महानगरपालिकाको लोगो वेबसाईटमा प्रयोग गरिरहेको पाईएको छ।

उक्त लोगोमा हाम्रो ललितपुरमा अवस्थित  मंगलबजारको कृष्ण मन्दिर, गरुडको मुर्ति, ओकुबहालको महाबुद्ध मन्दिर, मंगलबजार कै देगु-तलेजु र हिटीको स्वरुप देख्न सकिन्छ। यो त सबै नेपालमा छ र यी सबैं विश्व सम्पदा हुन्। अब भारतको उत्तर-प्रदेश सरकारले किन नेपालको ललितपुर महनगरपालिकाको पुरानो लोगो सापटी लिनु परेको हो?

ललितपुर उपमहानगर पालिका अहिले ललितपुर महानगरपालिका  भैसकेको अवस्थामा किन भारतको नगरपालिकाले पुरनो लोगो प्रयोग गर्‍यो यो खोजको बिषय हुनसक्छ । 

ललितपुर उपमहानगरपालिका हुँदा प्रयोग गरिने लोगो भारतको उक्त शहरले आफ्नो वेबसाईटमा प्रयोग गर्नु अन्जानमा गरिएको गल्ती हो वा जानीजानी  दुरुपयोग गरिएको हो?

भारतले नेपालको भुभाग लिपुलेकमा सडक बनाएको कुराले देशमा तरंग ल्याईरहँदा उता भारतकै नगरपालिकाले हाम्रो उपमहानगरको लोगो प्रयोग गर्नु संयोग मात्र हो वा अरु केही ?

नेपाली भू-भाग अतिक्रमण गरेको त छँदैछ , नेपालको बौद्धिक तथा सांस्कृतिक सम्पति पनि अतिक्रमण गर्ने प्रयास त होईन ? शंका गर्न सकिने अवस्था सृजना भएको छ।

यदि यो नजानी गरिएको त्रुटी हो भने तुरुन्त सच्याइयोस् भनेर भारत सरकारलाई अनुरोध गर्नु पर्ने हुन्छ। 

भारतको ललितपुर नगरपालिका परिषदको वेबसाईट:  www.npplalitpur.in/en 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ