मेथियन ग्याँस उत्सर्जनले बुटवलका स्थानीय त्रसित, भन्छन्- निन्द्रा लाग्न छोडेको धेरै भयो (भिडियो)
नारायण वली,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
1.2k
Shares
रुपन्देही । कृति वहादुर सुनारलाई धेरै राम्रो संग निन्द्रा लाग्न छोडेको धेरै भैसक्यो । न उनको दिनमा मन शान्त हुन्छ, न रातमा निन्द्रा नै । नजिकैको अव्यवस्थित फोहोर डम्पिङ्गका कारण उनी त्यहाँको दुर्गन्ध मात्रै होईन, उत्र्षजन ग्याँसले भयवित हुन पुगेका छन् ।
बुटवल उप– महानगरपालिका वडा नं. ११ का स्थानिय वासी कृति वहादुर विगतका वर्ष देखि त्यहाँ वसोवास गर्दै आएको वताउँदै, वस्तिको नजिक बुटवल नगर भित्रको अव्यवस्थित रुपमा फोहोर फालिदै आएकाले फोहोरको गन्धले श्वासप्रवाशमा वाधा उत्पन्न गराएको वताए ।
उनी भन्छन्, गन्धले सास फेर्दा पनि कुनै भाईरसहरु पन्छन् कि भन्ने लाग्ने गरेको दुखेसो पोख्दै, वेला वेला आफ्नै घर नजिकै र आसपासमा हुने ग्याँस उत्र्षजनले कहिलेकाँही आगलागी भएर मरिने त हाईन, भन्ने चिन्ताले सताउने वताउँछन् ।
व्यवस्थित फोहोरलाई उचित व्यवस्थापन गरिनु प¥यो भनी पटक–पटक जानकारी गराउँदा समेत बुटवल उपमहानगरले आफ्नो आग्रहलाई खासै चासो नदिएको स्थानिय राजु रसाईलीको दावी रहेको छ । साथै उनले वाक्लो मानव वस्तिको नजिक फोहोर यहाँका स्थानियहरको आयु दिनप्रति दिन घट्दै गएको प्रति चिन्ता व्यक्त प्रकट गर्दै स्थानिय र नगरपालिका विच गरिएको सम्झौतालाई कार्यान्वयन गर्न माग गरेका छन् ।