arrow

आइतबार थप व्यक्तिमा पाइएन कोरोना संक्रमण

logo
रासस,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
corona-test-kit.jpg

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार थप व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छैन । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थप व्यक्तिमा कोरोना भाइरस नदेखिएको तर संक्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरालाई बढाउँदै लगेको जानकारी दिए ।   

मन्त्रालयमा आइतबार आयोजित नियमति पत्रकार सम्मेलनमा कोरोना भाइरस रोकथाम गर्नका लागि पिसिआर परीक्षण १६ हजार ८९८ र आरडिटी ५६ हजार ६५७ भएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ३१६ को परीक्षण सम्पन्न भएको छ । हाल १३ हजार ६२५ क्वारेन्टाइनमा रहेका छन् । आइसोलेशनमा १६४ रहेका छन् ।

आइतबार कुनै पनि मानिस रेडजोनमा देखिएका छैनन् । शनिबारसम्म रेडजोनमा ३४० रहेका छन् । कोरोना भाइरस संक्रमित ११० जना रहेका छन् । तीमध्ये ३१ जना ठीक घर फर्किएका छन् । प्रवक्ता देवकोटाले घर फर्किएकालाई व्यक्तिलाई सम्मान गर्न आग्रह गरे । साथै उनले मन्त्रिपरिषद्को बैठकले निर्णय गरेअनुसार कोरोना बाहेकका नियमति स्वास्थ्य सेवा सञ्चालन गर्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ