arrow

भारतसंग तत्काल वार्ता गर्न सरकारलाई प्रजातन्त्रवादी प्राध्यापक संघको माग 

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
Capture12.JPG

काठमाडौं । भारत सरकारले एकतर्फी रुपमा नेपाली भूमी अतिक्रमण गरी लिपुलेक हुँदै मानसरोवरसम्म पुग्ने सडक निर्माण गरको विषयमा प्रजातन्त्रवादी प्राध्यापक संघले गम्भीर घोर आपत्ति प्रकट गरेको छ । 

संघले प्रेस विज्ञप्ति जारी गर्दै अतिक्रमित भूमि फिर्ता गर्न र राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, अखण्डता कायम राख्नसमेत भारतसंग कुटनैतिक तबरले वार्ता गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ । 

संघले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न र उपचार प्रक्रियामा आफ्नो ज्यान तथा परिवार समेतको पर्वाह नगरी निरन्तर सक्रिय हुने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सरसर्फाइ अभियानमा अग्रसर मजदूरहरु लगायतको योगदानको कदर गर्दै आभार एवं कृतज्ञतासमेत व्यक्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ