तीन दिनसम्मै मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा
प्रकाशित २०७७ वैशाख २९ सोमबार
983
Shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिन्छ ।
हाल देशको सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।
महाशाखाले दिनैभर देशका सबै भागमा सामान्य बदली रहने बताएको छ । त्यसैगरी देशको पहाडी भूभाग तथा तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । राति समेत पनि वर्षा हुने सम्भावना जनाइएको छ ।
आइतबार पनि अधिकांश भागमा वर्षा भएको थियो । काठमाडौं उपत्यकामा पनि बदली भएको छ । बिहानैदेखि चिसो बढेको छ भने वर्षाको सम्भावना रहेको छ ।
मंगलबार र बुधबार पनि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले तीनै दिन मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह समेत गरेको छ ।