arrow

सोनाले सरल र सहज आइसोलेसन सेन्टर निर्माणका लागि ल्यायो निर्देशिका

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
isolation-design.JPG

काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा आइसोलेसन सेन्टरहरुको आवश्यकता रहने भन्दै सोसाइटी अफ् नेप्लिज आर्किटेक्टस (सोना) ले सरल र सहज आइसोलेसन निर्माणको योजना पेश गरेको छ । 

सोनाले ‘डिजानइन गाइडलाइन फर कोभिड–१९ आइसोलेसन सेन्टर’ निर्देशिका प्रकाशित गर्दै सातै प्रदेशमा त्यस्ता किसिममा सहज र सरल आइसोलेसन सेन्टर निर्माणमा जोड दिएको हो । 

सोनाले नेपालमा यस कोभिड १९ को संक्रमण पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुगिसकेको अवस्थामा सातै प्रदेशमा उच्च संक्रमण फैलिएमा ती स्थानहरुमा आइसोलेसन जरुरी पर्ने बतााएको छ । 

सोना  अन्तर्गतका सोसाइटी अफ युथ आर्किटेक्टस् र सोस्ल रेस्पोनसेबलति कमिटिको सकृयतामा निर्देशिका तयार गरिएको जनाइएको छ । 

निर्देशिका तयार गर्ने क्रममा नेपाल एकेडेमी अफ् साइन्स एन्ड टेक्नोलोजी नास्टसंग सहकार्य गर्दै सोनाका बरिष्ठ आर्किटेक्टहरु, विज्ञ चिकित्सक तथा अन्य प्राविधिक परामर्शदाता इन्जिनियरसहित कार्यसमिति तथा उपसमितिका पदाधिकारीले विश्व स्वास्थ्य संगठन डब्लुएचओ, सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन, नेशनल हेर्थ सर्भिसजस्ता संस्थाका मापदण्ड, नेपाल सरकारका निकायका मापदण्ड अनुसन्धान गरी, चीन द्धारा प्रकाशित मेकसिफ्ट लगायतद्धारा प्रकाशित अन्य निर्देशिका हरुको अध्ययन गर्दै तयार गरिएको जनाइएको छ । 

निर्देशिका– 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ