arrow

काजक्रियामा विभेद : आमाको निधनमा छोरा र बुहारीलाई राखियो छाप्रोमा

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
kiriya-putree.jpeg

पाल्पा । अन्तरजातीय विवाह गरेका पाल्पा बगनासकाली गाउँपालिका –१ चिर्तुङ्धारा बस्ने पूर्णमान श्रेष्ठलाई काजक्रियामा विभेद गरिएको छ । यही वैशाख २६ गते ७३ वर्षीया आमा मनकुमारी श्रेष्ठको निधन भएपछि अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद गरी छुट्टै ठाउँमा श्रेष्ठ र उनकी श्रीमती सरिता नेपालीलाई छाप्रो बनाएर राखिएको छ । 

चौध वर्षअघि अन्तरजातीय विवाह गरेका श्रेष्ठ बिहे गरेदेखि नै छुट्टै बस्दै आएका छन् । आमाको अन्तिम दाहसंस्कारमा दागबत्ती दिनसमेत रोक लगाइएको थियो ।   काजक्रियाका लागि घर नजीकै एउटा छाप्रो बनाएर श्रेष्ठलाई राखिएको छ । यो खबर थाहा पाएलगत्तै शनिबार बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले परिवारका सदस्यलाई भेटेर घरभित्रै अरुसरह नै संँग राखेर काजक्रियामा सहभागी गराउन अनुरोध गरेका छन्। 


‘अन्तरजातीय विवाह गरेकै आधारमा छुट्टै राख्न पाइँदैन, घरभित्रै अरु सरहसँगै राख्न निर्देशन दिएको छु ’, अध्यक्ष बस्यालले भने ।  श्रेष्ठका तीन भाइ दाजुभाइमध्ये दुई भाइ विदेशमा छन् । उनलाई अन्तरजातीय विवाह गरेको भन्दै बुटवलमा बसोबास गरेका जेठी आमाका छोरा रामलाल आएपछि मात्र पार्थिव शरीरमा दागबत्ती दिइएको थियो ।  अन्तरजातीय विवाह गरेदेखि नै पूर्णमान ससुरालीमा बस्दै आउनुभएको छ । पोखरामा गाडीमा सहचालकको काम गर्ने श्रेष्ठका श्रीमती र दुई सन्तति छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ